मुलुक डेस्क, महोत्तरी । २०८१ पौष २५, बिहीवार

महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाका युवाद्वारा लागुपदार्थ दुर्ब्यसन नियन्त्रण तथा शान्ति सुरक्षार्थ मेयर, प्रजिअ र मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मनरा शिसवा नगरपालिका वडा नं. ४ निवासी डा. कुमुद कुमार झाको नेतृत्वले जावख चौकदेखी रैली सहित पालिकाको कार्यालय मनरामा ध्यानाकर्षण पत्र बुझाएको थियो ।

यसैगरी बुधवार कै दिन नगरवासीको समुहले महोत्तरीको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी र मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई पनि लागुपदार्थ दुर्ब्यसन नियन्त्रण तथा शान्ति सुरक्षार्थ हेतु ध्यानाकर्षण पत्र बुझाएका छन् । जीवन सुन्दर अनि अमूल्य छ। तर, जीवन जिउने कला सबैमा हुँदैन। अनुभवीहरुले भन्दछन्, ‘पानी र जवानी कहिले फर्केर आउँदैन।’ यो भनाइ कुलतमा जीवन बर्बाद गर्नेहरुप्रति पनि लक्षित छ। कतिपय मानिसहरु जीवन जिउन नजानी नराम्रो लत अर्थात् कुलतको सहायता लिन बाध्य भइदिन्छन्।

कुलत खराब आनीबानी हो । विशेषगरी अत्याधिक आकांक्षा बोक्ने युवायुवतीले लागुपदार्थको नकारात्मक असरबारे बुझ्न आवश्यक छ भन्दै लागुपदार्थको प्रयोगबाट देखिने शारीरिक, मानसिक र सामाजिक समस्याको बारेमा जनचेतना फैलाउने, स्कुलदेखिको पाठ्यक्रममा नै लागुऔषधको प्रयोगबाट हुने असरको बारेमा शिक्षा दिन आवश्यक छ। दुर्ब्यसन नियन्त्रणको साथै बढदो चोरी लूटपाट र हत्यालाई नियन्त्रण गर्न सुरक्षाको प्रबन्ध मिलाउन सम्बन्धित निकायहरुमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा युवा रविशंकर सिंह, दिपक सिंह, सारांश सिंह, बिकेश सिंह, चन्दन सिंह, ललित साह लगायतको युवाको सहभागिता रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *