संजीव सिंह, काठमाडौं । २०८१ पौष १४, आइतवार

ललितपुरको पाटन संग्रहालयमा तीन दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी २०२४ शुरु भएको छ । अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा बालबालिकाद्वारा तयार पारिएको पेन्टिङ राखिएको छ ।
योङ्ग पिकासोको प्रस्तुती तथा कलर फर पिसको आयोजनामा संचालन गरिएको उक्त प्रदर्शनीमा बंगलादेश, भारत, मौरिससका १० तथा नेपालका ५४ जना बाल चित्रकारहरुको करिब २ सय चित्र समेटिएको कला प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा सर्वाधिक ६ वटा पेन्टिङ रोजबड स्कुल कक्षा ८ पढ्ने प्रजना श्रेष्ठको रहेको छ भने सर्वाधिक मुल्य (रु. १५ हजार)को पेन्टिङ सेन्ट जेभियर्सकी समिक्षा भट्टकाे रहेको छ । यसैगरी कलाकार अजय देशारको छोरीद्वय आशिर्या र आध्या देशारको पनि पेन्टिङ प्रदर्शनीमा राखिएको छ ।

कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालयका ६ जना र नेपाल राष्ट्रिय आधारभूत विद्यालयका ४ जना बाल चित्रकारको गरि १४ वटा पेन्टिङ प्रदर्शनीमा राखिएको छ । यसैगरी नुवाकोटबाट १० जना बाल चित्रकारको १० वटा पेन्टिङ पनि प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा आईजे पायोनियर स्कुलकी अवन्तिका सिंह चौहान र सबभन्दा कान्छी एलकेजी पढ्ने किन्डर जोय प्री स्कुलकी अनामिका सिंह चौहानको पेन्टिङ पनि सजिएको छ ।

प्रदर्शनीमा श्री दुर्गा माध्यमिक विद्यालयका विद्यार्थीहरुले आफ्नो गाउँठाउँको वास्तविकलाई जस्ताको तस्तै पेन्टिङमा उतारेको देखिन्छ । प्रेम कुमार साहले बनाएको विद्यालय र भगवान हनुमानको पेन्टिङ, हिमानी साह र विशाल साहले बनाएको बन्दै गरेको मनरा शिसवा नगरपालिकाको भवन, जङ्गहा नदीको पुल, आसिक ठाकुरले बनाएको महादेव मंंठ र स्व. आनन्दी प्रसाद उपाध्याय (पण्डिजी सर) लगायतको पेन्टिङले मौलिकता र जिवंतता थपेको देखिन्छ ।

#muluktimes #youngpicaso #art #painting #patan #patanmuseum #artexhibition

Leave a Reply

Your email address will not be published. Required fields are marked *