संजीव सिंह । महोत्तरी

शिक्षाको क्षेत्रमा मुलुककै ख्यातिप्राप्त र महत्त्वपूर्ण तथा महोत्तरी जिल्लाको पुरानो, प्रतिष्ठित र चर्चित विद्यालयमध्ये एक विद्यालयको नाम हो- श्री ल च मु माध्यमिक विद्यालय । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित यो विद्यालयको स्थापना वि. सं. २००८ सालमा भएको थियो । जग्गा दाताहरु लक्ष्मी चण्डी मुरारका को नाममा यो विद्यालयको नामाकरण गरिएको छ । श्री लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय ।

यश विद्यालयमा +२ सम्मको अध्ययन र अध्यापन हुने गर्द्छ । +२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायको पढाइ ह्ने गर्दछ । यसका साथै प्राविधिक तर्फ डिप्लोमा इन इन्जिनियरिङको कक्षा पनि संचालन हुँदै आएको छ । सबै संकाय मिलाएर करिब एक हजार ६ सयभन्दा बढी विद्यार्थी यो विद्यालयमा अध्ययनरत रहेको छ । यो विद्यालयमा करिब ४० जना शिक्षक र कर्मचारी कार्यरत रहेको छ ।
