रोशन कुमार मिश्र, महोत्तरी । २०८१ मंसिर १६, आइतवार

महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. २ को वडा कार्यालयमा सुशीला ठाकुर मेमोरियल हेल्थ फाउन्डेसन धनुषाको आयोजनामा नेपाल भारत मैत्री कार्यक्रम अन्तर्गत जलेश्वरमा एलपिजी ग्यास चुल्हो र सिलिन्डर वितरण गरिएको छ ।
नेपाल भारत मैत्री कार्यक्रम अन्तर्गत एलपिजी ग्यास चुल्हो र सिलिन्डर वितरण कार्यक्रमको शुभारम्भ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय अध्यक्ष महन्त ठाकुरद्वारा गरिएको छ । कार्यक्रममा मधेश प्रदेशका शिक्षामन्त्री रानी कुमारी शर्मा लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यो कार्यक्रम मंसिर १६ गतेदेखि १९ गतेसम्म चल्ने । चार दिनसम्म चल्ने कार्यक्रममा कार्यक्रमका आयोजकका अनुसार दुई हजार थान सिलिन्डर वितरण गर्ने योजना रहेको छ ।