रोशन कुमार मिश्र, महोत्तरी । २०८१ कार्तिक ३०, शुक्रवार

महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. २ समाज होटल जलेश्वरमा रूपान्तरण समुहका साथी शिक्षकहरूलाई जीवन उपयोगी सिप तथा आत्मरक्षा सम्बन्धी कार्यक्रमको भएको छ।

कार्यक्रमको अध्यक्षता पुनित चौधरीले गरेका थिए भने प्रमुख अतिथिमा एकडारा गाउँपालिका वडा नम्बर २ काे वडाध्यक्ष सखिचन्द यादव रहेका थिए । दलित समाज उत्थान समिति नेपाल महोत्तरीद्वारा आयोजित यस कार्यक्रममा सहभागी प्रेम बहादुर बुढाथोकी र वर्ल्ड भिजन इन्टरनेसनल नेपाल बर्दिबास महोत्तरी जिल्ला संयोजक दिलिपकुमार यादव लगायत दुई दर्जनभन्दा बढी किशोर किशोरीको सहभागिता रहेको थियोे।