मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २९, बिहीवार

नेपाल र भारतबीचको सम्बन्ध साँस्कृतिक, धार्मिक र ऐतिहासिक रहेको छ। यी दुई देशका जनताबीचमा धार्मिक परम्परा र चाडपर्वहरूले विशेष नजिकको सम्बन्ध राखेकाे देखिन्छ ।

चाडपर्व कै सन्दर्भमा, कार्तिक पूर्णिमामा हुने कमला नदी स्नानले नेपाल र भारतबीचको धार्मिक-सामाजिक सम्बन्धलाई अझै प्रगाढ बनाउँदै आएको छ।
यसै अवसरमा नेपाल भारत खुला सिमा संबादले नेपाल भारतबाट आएका साधुसंतहरुको लागी संस्थाको मधेश प्रदेश सहसंयोजक दिपक यादवको संयोजकत्वमा साधु सम्मान र भंडाराको आयोजना गरिएको छ। करीब तीन सयको संख्यामा रहेको साधु संतहरुलाई च्युरा,दहि चिनी,तरकारी अचारको भंडारा(खाना) गरिएको थियो।
कार्तिक पूर्णिमा र कमला नदी स्नानको महत्वको बारेमा बोल्दै संस्थाको केन्द्रिय अध्यक्ष राजीव झा ले कार्तिक पूर्णिमा हिन्दू धर्मको पवित्र पर्व हो, जसमा विशेषगरी धार्मिक अनुष्ठान, स्नान, र पूजापाठ गर्ने गरिन्छ। यस दिनलाई “देव दिवाली” पनि भनिन्छ। यो दिन गंगा, सरयू, यमुना, र नेपालका नदीहरूमा स्नान गर्ने परम्परा छ।

जनकपुर क्षेत्रका श्रद्धालुहरूको लागि विशेषगरी कमला नदीमा स्नान गरेर पुण्य प्राप्त गर्ने मान्यता रहेको छ । यो अवसरमा कमला नदीको किनारमा मेला लाग्ने गर्छ, जहाँ नेपाल र भारतका बिभिन्न स्थानबाट आएका श्रद्धालुहरूले सामूहिक रूपमा स्नान गर्छन्। प्रदेश सह संयोजक दिपक यादले नेपाल-भारत सम्बन्धमा कमला नदी स्नानको भूमिकाको बारेमा बोल्दै कमला नदी नेपाल र भारतको सीमामा पर्ने नदी हो। यसरी नेपाल र भारतका बासिन्दाले एकै स्थानमा स्नान गर्ने परम्पराले सांस्कृतिक आदान-प्रदानको अवसर सिर्जना गर्दछ। कार्तिक पूर्णिमाको यस विशेष स्नानमा दुवै देशका जनताबीचको आपसी मेलमिलाप, सद्भाव, र सहकार्यलाई प्रवर्द्धन गर्न योगदान गर्दछ भने ।

संस्थाका कार्यालय सचिब कृष्ण कुमार साहले नेपाल र भारतबीच धार्मिक-पर्यटन विकासमा पनि कमला नदी स्नानको महत्त्वपूर्ण भूमिका रहेको छ। हरेक वर्ष मेला भर्न आउने हजारौं तीर्थयात्रीहरूले पर्यटन क्षेत्रलाई चलायमान राख्छन्, जसले स्थानीय व्यवसायलाई पनि मद्दत पुर्‍याउँछ। साथै, दुई देशका स्थानीय प्रशासनले यस पर्वलाई व्यवस्थित बनाउन सहकार्य गर्दै आएका छन्, जसले दुई देशबीचको प्रशासनिक सम्बन्धलाई अझ बलियो बनाउने काम गर्छ बताउनु भयो।

सतोखर घाट मंन्दिरको महन्त श्री शिव दयाल दास बाबाले कार्तिक पूर्णिमामा हुने कमला नदी स्नान केवल धार्मिक परम्परामा मात्र सीमित नभएर नेपाल-भारत सम्बन्धलाई अझ गहिरो बनाउन महत्त्वपूर्ण साधन बनेको छ। धार्मिक र सांस्कृतिक सहकार्यको प्रतीक यस पर्वले नेपाल र भारतका जनताबीचको ऐक्यतालाई प्रगाढ बनाउँदै लैजाने विश्वास गर्न सकिन्छ बताउनु भयो । उक्त कार्यक्रममा सबैला नपाको मेयर ,वार्ड अध्यक्ष क्लोथ बैक नेपालको धनेश्वर ठाकुर लगायत स्थानीयहरुको सहभागीता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *