मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक २७, मंगलवार

ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज स्थलगत निरीक्षण गरेका छन्।
२०७९ सालको पुस महिनाबाट सुरु भएको ग्वार्को फ्लाईओभर निर्माणको काम गत फागुन मसान्तमा सक्नुपर्ने थियो । ग्वार्को फ्लाई ओभर लम्बाई ४९० मिटर छ । बालकुमारी तर्फबाट २८० मिटर र सातदोबाटोबाट तर्फबाट १३५ मिटर रहेकाे छ । फ्लाई-ओभरको उचाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६ मिटरको छ ।
आठ लेनको रहेको चक्रपथकाे बीचमा चार लेनलाई फ्लाई-ओभरमार्फत माथि उठाइनेछ र चक्रपथमै आवतजावत गर्ने सवारीहरू चल्नेछन् । मङ्गलबजार इमाडोल मङ्गलबजार सञ्चालन हुने सवारीहरू भने फ्लाईओभर मुनिबाट चल्नेछन्।