मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक १३, मंगलवार

पाकिस्तानी सिनेटका अध्यक्ष गिलानी र नेपाली सांसद एकनाथ ढकालकबिच भेटबार्ता भएको छ ।
नेपालका प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले पाकिस्तानको सिनेटका अध्यक्ष युसुफ राजा गिलानीसँग उनको सरकारी निवास इस्लामावादमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा नेपाल र पाकिस्तानबीच पारस्परिक हित र द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । सांसद ढकालले इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिस (आइक्याप ) का सहअध्यक्ष सिनेटर मुशाहिद हुसेन सैयद र अन्य पाकिस्तानी नेताहरुसँग भेटर्वाता गरेका थिए ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य ढकाल अन्तर्राष्ट्रिय फौजदारी अदालत र कानुनको शासन सम्बन्धी १३ औं संसदीय परामर्शदात्री सम्मेलनमा भाग लिन हाल पाकिस्तानमा छन् । परिवार दलका अध्यक्ष ढकालसँगै नेपाल परिवार दलका महामन्त्री सन्तोष पौडेल पनि भ्रमण दलमामा सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *