मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक १०, शनिवार

नेपाली कामदार मलेसियन जेलमा रहेको सुचना बाहिरिएको छ । महोत्तरी जिल्ला मनरा शिसवा नगरपालिका वडा नं. २ कट्टी निवासी ईसराफिल नदाफ विगत एक हप्तादेखी मलेसियाको जेलमा रहेको खबर छ।

बुलोह सेलन्गरमा अवस्थित गार्डियन सेक्युरिटी कन्सलटेन्टमा गत शुक्रवार १८ तारिखसम्म काम गरेको र अचानक शनिवार दिमागी सन्तुलन गुमाएको खबरले कम्पनीको लापरबाही अथवा कुनै किसिमको षड्यन्त्र गरेको हुन सक्ने आशंका परिवारको रहेको छ ।

कट्टी निवासी समसुल नदाफको छोरा ३८ वर्षिय ईसराफिल माथी मानसिक सन्तुलन गुमाएको र अर्काको बच्चा चाेर्न खोजेको आरोप लागेको हो । आरोप पश्चात् त्यहाँ कार्यरत साथीहरुले कम्पनीसंग कुरा गरि अस्पतालमा लैजान भनेर जिम्मा दिदा अस्पताल नलगी एक पछी अर्को होस्टेल लगेर राखेको र अन्तमा बिच बाटोमा अलपत्र पारी फालेको थियो। चोरीको आरोपित ईसराफिललाइ त्यहाँको मानिसहरुले हातखुट्टा बाँधेर मरनासन्न पिटेको र अन्तमा पुलिसलाई जिम्मा लगाएको थियो।

ईसराफिललाइ कम्पनीले केही पनि सहयोग गर्न नसकेको र उनको अवस्था पनि चिन्ताजनक रहेकोले सकुशल नेपाल फर्काउन परिवारले नेपाल र मलेसिया सरकारसंग आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *