रोशन कुमार मिश्र, महोत्तरी । २०८१ कार्तिक ०९, शुक्रवार

महोत्तरीको एकडारा गाउँपालिकाको सभाहलमा पालिका अध्यक्ष दीप नारायण मण्डलको अध्यक्षतामा एकडारा गाउँपालिका परियोजना सल्लाहकार समिति बैठक तथा परियोजना परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यक्रममा बालबालिका संरक्षण, स्वास्थ्य र पोषण जीविको उपार्जनको क्षेत्रमा गरि प्रमुख रुपले कार्य गर्ने प्रतिबद्धता जनाइएको छ। कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष महजबी खातुन, वडा नं. २ को वडाध्यक्ष लगायत पालिकाको सम्पूर्ण कार्यपालिका सदस्यको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा सम्पूर्ण शाखा प्रमुख र एकीकृत ग्रामीण विकास समाजका उपाध्यक्ष फुल माया घिसिङ, वर्ल्ड भिजनका प्रतिनिधि पूजा पोखरेल, दलित समाज उत्थान समितिका प्रेम बुढाथोकी, आइआरडिएसका कुमार भण्डारी, भूपेन्द्र निरौला तथा आइटी शिवेन्द्र ठाकुर लगायत सञ्चारकर्मी र सुरक्षाकर्मीको समेत उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *