मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक ०८, बिहीवार

हिक्मत डंगोल द्वारा लिखित “टोखाका धार्मिक तथा साँस्कृतिक सम्पदा” अत्यन्तै खोजमुलुक र जानकारीयुक्त पुस्तक हो । धार्मिक पर्यटकिय दृष्टिकोणले अवलोकन गर्न लायकका रमणिय मठ-मन्दिर र संस्कृति युक्त धरोहरले भरि भराउ टोखाको बर्णन डंगालले पुस्तकमा कलात्मक र रोचक तरिकाले गरेका छन् । आकर्षक छपाई र रंगीन पृष्ठको यो पुस्तकमा कुल ५२ पृष्ठ रहेको छ ।
काठमाडौं उपत्यकाको मध्यकालीन इतिहासमा टोखा एउटा सांग्रामिक स्थलको रूपमा प्रसिद्धी पाएको प्रदेश मान्न सकिन्छ । शिवपुरी राष्ट्यि निकुन्जको दक्षिण – पश्चिम काखमा अवस्थित यस स्थलको पूर्वमा विष्णुमती नदी र पश्चिममा सपनतीर्थ खोला रहेका छन् । यस भूमिमा नेवार समाज रहेको शैव, शाक्त, वैष्णव, बौद्ध आदि विभिन्न धार्मिक सम्प्रदाय अन्तर्गत देवदेवीका, मन्दिर, ढुङ्गे धारा, पाटी पौवा आदि विभिन्न साँस्कृर्तिक सम्पदा रहेका छन् । यस अनुसार यो क्षेत्रको नाम ‘तुख्यः’ बाट अपभ्रंस हुँदै ‘टोखा’ हुन गएको लोक-कथन जीवित छ ।
नेपालको सनातन धार्मिक एवं बौद्ध परम्परामा स्थान, सम्मान र महŒव पाएका ३३ कोटी देवी देवतासँग गाँसिएको यस टोखामा नेपाल मण्डलका चौसठ्ठी शिवलिङ्गमध्ये यस क्षेत्रमा तीन शिवलिङ्ग – चण्डिकेश्वर, धमेर्श्वर र गोकणेर्श्वर पनेर् कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएका छन् । जीवित गणेश-कुमारी, तलेजु भवानी, चण्डेश्वरी भगवती, सपनतीर्थ, गुभाय् द्योः (बज्रयोगिनी देव), वंटुली अजिमा द्योः (सङ्कटामाई), गणेश, भिंद्योः, नास द्योः, हाँथु द्योः, नारायण द्योः, सरस्वती, पिगं द्योः, लगायत देवी देवताका मन्दिरहरु टोखाको धार्मिक स्थल तथा सम्पदाको रुपमा रहेका छन् ।
सपनतीर्थ मेला, बिस्काः जात्रा, सिठी नखः गठामुग चर्हे, गुँपून्ही, येँया पुन्ही, मोहनी, खद्योः जात्रा, पाहाँचर्हे आदी चाडपर्व टोखामा मनाईन्छ । बैशाख १ गते सपनतीर्थमा लाग्ने स्नानमेला टोखाको मूख्य तीर्थस्नान मेला हो । बैशाख २ गतेदेखि ४ गतेसम्म हुने बिस्काः जात्रा टोखाको मुख्य र ठुलो जात्रा हो ।