शंकर श्रेष्ठ, काठमाडौं । २०८१ कार्तिक ०७, बुधवार

नेपालमा हुलाक मिटर पोस्टेजको प्रयोग बारे एकदम कमै ठाउँमा उल्लेख गरिएको पाइन्छ । यस बारेमा अध्ययन वा संकलन गर्न थुप्रै प्रयोग भैसकेका खामहरु पाइन्छ जसले पर्याप्त विवरणहरु संकलन गर्न सहज हुन्छ ।

नेपालमा हालसम्म ६ वटा विभिन्न प्रकारका मिटरहरु प्रयोगमा आएको देखिएको छ । यिनीहरुलाई A देखि F सम्म ६ प्रकारले नामाकरण गरिएको छ । प्रत्येकलाई पहिचान गर्न त्यति गाह्रो छैन । मिटर पोस्टेजको अन्तर्राष्ट्रिय प्रयोगलाई सन् १९२० मा युनिभर्सल पोस्टल युनियनले अनुमोदन गरेको थियो भने १ जनवरी १९२२ देखि लागू गरियो ।

सर्वप्रथम नेपालले सन् १० अप्रिल १९६७ मा टाइप A बाट सुरुवात गरेको थियो जुन चित्रबाट पनि प्रष्ट हुन्छ । जसको गोलाकारको आधा भागमा KATHMANDU लेखिएको छ भने तलको आधा भागमा G.P.O. र मिटर नम्बर KN-2 अंकित गरिएको छ । यसको प्रयोग अन्त देखिदैन । केवल मात्र प्रथम दिवसीय आवरणको लागि प्रयोग भएको देखिन्छ । तत्पश्चात् के कति कारणले मिटरहरूको प्रयोग अगस्टसम्म फेरि देखिँदैन । चार महिनाको अंतर पश्चात् पुनः प्रयोगमा आएको देखिन्छ । मिटर जारी गरेको पहिलो दिन १५ पैसा अंकित भएको प्रयोग गरियो किनभने सन् १९६७ मा हुलाक दर १५ पैसा थियो । सो समयका Neopost Limited Value (LV) मिटरमा बाह्र मूल्य दर सम्म प्रयोग गर्न सकिन्थ्यो । सोही अनुसार ५, १०, १५, २०, २५, ५०, ६५, ७५ र ८० पैसा र रु. १:०० र रु. १:२५ सम्म मिलाउन सक्ने व्यबस्था थियो ।

सन् १९८२मा दोश्रो प्रकारको मिटर मेशिन प्रयोगमा ल्याइयो । जसको गोलाकारको आधा भागमा KATHMANDU लेखिएको छ भने तलको आधा भाग G.P.O. र मिटर नम्बर KN-67 अंकित गरिएको छ । सो मिटर मेशिनमा १५ थरी सम्मका दर प्रयोग गर्न सकिन्थ्यो । ५, १५, २५, ३०, ३५, ४५, ६०, ६५, ७५ र ८० पैसा, अनि रुपैयाँमा रु.१.००, २.००, ४.००, ५.०० र १०.०० दर सम्म प्रयोग गर्न पाइन्थ्यो । सरकारी, गैर सरकारी, राष्ट्रिय तथा अंतराष्ट्रिय संघ संस्था गरेर जम्मा ३० वटाले यो नेपाल मिटर पोस्टेज प्रयोग गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *