मुलुक डेस्क, ललितपुर । २०८१ असोज १५, मंगलवार

ललितपुरको लेलेमा अवस्थित आनन्दवन अस्पतालको लापरवाहीको कारण अस्पतालकै कर्मचारीको अवस्था अज्ञात रहेको छ । गत शुक्रवार बाढी पहिरोको चपेटामा आएको कारणले कार्यरत प्राविधिक विवेक कुमार सिंहको खोजतलासमा अस्पतालले कुनै किसिमको चासो पनि देखाएको छैन ।

अहिलेसम्मको अवस्था अज्ञात रहनुमा अस्पतालको ठुलो लापरबाही देखिएको सिंहको परिवारजन र स्थानीय वासिन्दाको आरोप रहेको छ । सिंहको खोजतलासमा आनन्दवन अस्पतालले कुनै चासो समेत नलिएको र न कोहिको सम्पर्कमा आउने गरेको गुनासो सरोकारवालाको रहेको छ ।

आनन्दवन अस्पतालले खोजबिन र उद्धार गर्नुको साटाे उल्टो मेल मार्फत सिंह बेडमा मृत अवस्थामा फेला परेको भनेर भ्रामक र गैरजिम्मेवार प्रतिक्रिया दिएको छ । यसका साथै अस्पतालका प्रशासन प्रमुख शेर गुरुङ (शेखर) ले प्रहरी मार्फत मृतकको शव बुझ्नु भनेर फोन पनि गराएको थियो र तत्पश्चात सम्पर्क विहिन बनेका छन् ।

यसैगरी कन्ट्रि डाइरेक्टर शुभाकर कँडेलले लापता रहेको सिंहको परिवार, स्थानीय, पत्रकार र सरोकारवाला कोहिसंग पनि भेटघाट गर्न न चाहेको गुनासो सबैको रहेकोे छ । यसैगरी उद्धार कार्यमा खटेका प्रहरी र सेनाको जवान, आफन्तजनाको लागि केही राहतको व्यवस्थापन वा बस्ने बासको सुबिधा दिएका छैनन् जबकि अस्पतालको आफ्नै गेस्ट हाउस पनि रहेको छ ।
खोजतलासको कार्यमा स्थानीय, आफन्तजन र सेनाको सहयोग मात्र रहेको आनन्दवन अस्पताल रहेको डाँडामा गए राती शुक्रवार आएको अविरल वर्षाकाे कारण बाढी पहिरो गएको थियो । पहिरोमा एकमात्र कर्मचारी सिंह पुरिएको अस्पताल प्रशासनको भनाई रहेको छ ।
