मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०५, शनिवार

मधेश र मिथिलाञ्चलमा महिलाहरुले सन्तानको सुख शान्ति र दिर्घायुको कामना सहित मनाउने विशेष पर्व जितियाको सुखद अवसरमा राजपूत समाज नेपाल अन्तर्गत महिला समितिद्वारा काठमाडौंमा शुभकामना आदानप्रदान एवम् मेलमिलाप कार्यक्रम आयोजना गरिएको छ ।

समाजको अध्यक्ष विजय कुमार सिंहको प्रमुखआतिथ्यतामा बत्तिसपुतली स्थित द ग्रील नेसनमा आज शनिवार जितिया कार्यक्रमको शुभकामना आदानप्रदान गरिएको थियो । समाजका उपाध्यक्ष एवम् महिला समितिको संयाेजक रेणुका सिंहको अध्यक्षतामा तथा राजपुत समाज नेपालको आयोजनामा उक्त कार्यक्रममा करिब ७० जना महिलाको सहभागिता रहेको थियो ।

जितियाको अवसरमा काठमाडौंमा बसेर विभिन्न पेशामा आवद्ध महिलाहरुलाई एक ठाँउमा भेला गरि आफ्नो धर्म, संस्कृति र चाडपर्व मनाउदै समाजलाई जोडने र सहकार्य गर्ने मुल मर्मका साथ यो कार्यक्रम गरिएको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा समाजका सचिव ध्रुवकुमार सिंह, कोषाध्यक्ष राकेश कुमार सिंह, अमित कुमार सिंह र टुनटुन सिंहको सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यसमिति सदस्य पुष्पा सिंह सहित रिना सिंह, महिला कार्यसमिति सदस्यहरु सोनम सिंह, सबिता सिंह, सरिता सिंह, रुबी सिंह, निलिमा सिंह, रिना सिंह, उपस्थिति रहेको थियो । यसैगरी आभासेतु सिंह, भावना सिंह, रुबि सिंह, प्रीति सिंह, मेनका सिंह, सन्जना सिंह, बेबी सिंह, प्रणिता सिंह, विजेता सिंह, नितु सिंह, सिमा, कविता, मञ्जु, रन्जिता, मधुबाला, रितु, बेबी, ज्योति लगायतको उपस्थिति रहेको थियो ।



