रोशन कुमार मिश्र, महोत्तरी । २०८१ भाद्र २६, बुधवार

एकीकृत ग्रामीण विकास समाज र एकडारा गाउँपालिकाको सहकार्यमा सञ्चालित स्थानीय विपत तथा जलवायु उत्थानशील योजना र पोषण पार्श्व चित्र प्रणाली करण बैठक एकडारा गाउँपालिका अध्यक्ष दीप नारायण मण्डलको अध्यक्षतामा सम्पन्न भएको छ ।

एकडारा गाउँपालिकाको सभाहल एकडारामा सम्पन्न कार्यक्रममा पालिकाको प्रमुख प्रशासकीय अधिकृत योगेश कुमार यादव, आइआर डिएसको उपाध्यक्ष फुल माया घिसिङ, जीविको उपार्जन अधिकृत आरती चौधरी, पोषण अधिकृत भूपेन्द्र निरौला, आइआर डिएसको खरिद अधिकृत शेख आसिफ, फिल्ड अधिकृत गुलाम अन्सारी र सञ्जय यादव सहजकर्ता हेमन्त झा र मोहन गौतमको उपस्थिति रहेको थियो । सबै वडाका वडा अध्यक्ष, स्वास्थ्य शाखा प्रमुख महेन्द्र मण्डल, महिला तथा बालबालिका प्रमुख लगायत पालिकाका सम्पूर्ण कर्मचारीहरूको पनि कार्यक्रममा उपस्थित रहेको थियो ।

#muluktimes #Mahottari #ekadara #program

Leave a Reply

Your email address will not be published. Required fields are marked *