मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २१, शुक्रवार

मिथिलाका महान पर्वमध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा छ । मिथिलामा सूर्यको मात्र होइन मानवसहित सम्पूर्ण जगतलाई शीतलता दिने चन्द्रमाको पनि पूजा गर्ने चलन रहेको छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ ।
चौरचन भारत र नेपालको तराई मधेश एवम् मिथिला क्षेत्रमा मनाइने विशेष पर्व हो। मिथिलामा विवाहित महिलाहरूको लागि यो एक धेरै महत्त्वपूर्ण व्रत हो। यसलाई चाैरचन पवनी, चौठ चन्द वा चौथ चन्द्र पूजा पनि भनिन्छ। यो भगवान गणेश र चन्द्रमा समर्पित छ।
यस पर्वको ठूलो धार्मिक महत्व छ। यस दिन विवाहित महिलाहरुले व्रत बस्ने गर्दछन् । विभिन्न परिकारहरू प्रसादको रूपमा पकाइन्छ। यस दिन गणेश चतुर्थी पनि मनाइन्छ । भगवान गणेशसँगै भगवान विष्णु, पार्वती र चन्द्रमाको पनि पूजा गरिन्छ। यस दिन चोरचन पूजाको कथा पनि सुनाइन्छ र त्यसपछि चन्द्रमालाई अर्घ्य दिइन्छ। चन्द्रमा
अर्घ्य दिदा हातमा केरा, काक्रो, मकै, स्याउ लगायतको फलफुल लिएर हेर्ने मान्यता र जनविश्वास रहिआएको छ ।