मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २१, शुक्रवार

निर्मला कुर्मी सहितका महिलाहरुको न्यायका लागी लामो समय देखी महिला मानव अधिकारकर्मीहरु घाम ,पानी , झरी नहेरी अनवरत निरन्तर संघर्ष गरिरहेकी छिन् ।
सरकारलाई शान्तिपुर्ण रुपमा खबरदारी गरी रहेका छौ तर सरकारले आफैले गरेका सहमतिहरु लाई पटक पटक बेवास्ता गर्दै मुख्य अभियुक्तलाई नै स्वयंम सरकार सत्तारुढ पार्टीद्वारा संरक्षण गर्ने गरी लुम्बिनी प्रदेशको वनमन्त्रीमा नियुक्त गरी महिलाका सवालमा सरकार र सत्तारुढ पार्टी कति सम्मको असंवेदनशिल रहेको छ त्यो प्रष्ट पारेको भनाइ महिला अधिकारकर्मी रुबि खानको रहेको छ ।

निर्मला कुर्मीको न्यायिक आन्दोलन अन्तरगत पांचौ चरणको आन्दोलनको आज २८ दिन भई सक्दा पनि सरकारको निरन्तरको बेवास्ताले सरकारको संकुचित मानसिकता र चरित्रलाई दर्शाएको छ । हामी प्रत्येक दिन निरन्तर न्यायका लागी कलंकीबाट माईतीघर सम्म खाली खुट्टा संबिधानको किताब र न्यायको प्रतिक न्यायिक तराजु बोकेर जलुस सहित धर्ना दिइ रहेका छौ तर यसरी महिलाका सवालमा सरकारको मौनता स्वीकार्य नहुने खबरदारी गर्न चाहेेकाे बताइन् ।

भाद्र २१ गते शुक्रवारदेखी हाम्रो आन्दोलनको स्वरुप परीवर्तन गर्दै “न्यायमा सरकारको मौनता बिरुद्ध बोलौ ! निषेधित क्षेत्र तोडौं “ नारा सहित निषेधित क्षेत्र तोडने अभियान सुरु गर्ने खानले बताइन् ।