मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १९, बुधवार

नेपाल प्रहरीका उच्च अधिकृतद्वारा जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुगमनमा आउँदा जलेश्वरका मेयर सुरेश साह सोनारद्वारा स्वागत गरिएको छ ।

नेपाल प्रहरीका अतिरिक्त माहानिरिक्षक सुदिप गिरि, नेपाल प्रहरीका मधेश प्रदेशका डिआइजी यज्ञ बिनोद पोख्रेल, डिआइजी राजेश नाथ बास्ताेला लगायत नेपाल प्रहरीका अन्य अधिकारीले आज जलेश्वरनाथ महादेव मन्दिरमा पुजापाठ एवं दर्शन गरेकाे मेयर साहले बताए ।

मन्दिर दर्शन र अवलोकनको अवसरमा जलेश्वर नगरपालिकाका मेयर साहले अतिथिहरुलाई दोसल्ला र माला लगाएर सम्मान समेत गरेका थिए । बाबा जलेश्वरनाथको महिमा र मन्दिर बारे प्रचार प्रसार हेतु मन्दिर अङ्कित मायाको चिनो समेत अतिथिगणलाई प्रदान गरेका थिए ।

#muluktimes #MadheshProvince #Mahottari #Jaleshwar #jaleshwarmahadev

Leave a Reply

Your email address will not be published. Required fields are marked *