मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १६, आइतवार

मधेश प्रदेशको मुख्यमन्त्री सतिश कुमार सिंहको गृह जिल्ला सप्तरीको प्रसिद्ध पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्तिपीठ पुग्ने सडकको अवस्था बेहाल रहेको छ । ठाउँ ठाउँमा सडक भत्किएर पैदल हिँड्नसमेत नसकिने अवस्था छ। जताततै खाल्डाखुल्डी मात्रै छन्। सडकमा पानी जमेर पोखरी बनेको छ।

मुख्यमन्त्री सिंहको करिब ३ महिने कार्याकालमा पनि खासै प्रगति हुन नसकेको यो सडकको कारण जनताले सास्ती त खेपिरहेका छन् भने आफ्नै गृह जिल्लाको प्रख्यात मन्दिरसम्म पुग्ने सडक दयनीय अवस्थामा रहेकोले मधेशको समृद्धि माथि प्रस्न चिन्ह उठेको छ ।

राजविराज-छिन्नमस्ता-नेउर बोर्डर सडकखण्ड निर्माण कार्यको शिलान्यास २०७८ चैतमा भएको थियो। उक्त सडक निर्माणका लागि सडक डिभिजन कार्यालय लहानले २५ करोड ८८ लाखमा साह इन्जिनियरिङ प्रा. लि. शम्भुनाथ सप्तरीलाई ठेक्का दिएको हो। सडक निर्माण गर्न २०७९ असारमा निमार्ण कम्पनी र सडक डिभिजन कार्यालयबीच सम्झौता भएको थियो।

#muluktimes #saptari #chinnamasta #road #Madhesh #roadway #MadheshProvince

Leave a Reply

Your email address will not be published. Required fields are marked *