मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०४, मंगलवार

काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेको हो ।

समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेको हो।

आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो भने सोमबार भएको समुह बी को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो ।

समुह ए मा पहिलो खेलमा नेपालसँग पराजित भएको श्रीलंका सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ भने बंगलादेशले आफ्नो पहिलो खेल खेल्दै छ ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल “समुह ए” मा बंगलादेश र श्रीलंकासँग रहेको छ भने “समुह बी” मा भारत, भुटान र माल्दिभ्स रहेको छ । नेपालको समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *