मुलुक डेस्क, जनकपुर । २०८१ साउन २८, मंगलवार

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ८ राज्यमन्त्रीलाई आज हटाएको खबर छ । आज ८ जना राज्य मन्त्री हटाए पछि १२ जना मन्त्रिपरिषदमा सिमित भएको छ । जम्बो मन्त्रिपरिषदकाे चर्को आलोचना तथा जनमत पार्टीले स्पष्टीकरणसमेत सोधेकाे घटनाका कारण मधेशका मुख्यमन्त्री सिंहको चौतर्फी आलोचना बढेकाे थियो ।

मुख्यमन्त्री सिंहले अहिलेसम्मको आफ्नो दुई महिनाको कार्यकालमा अधिकतम् समय सभा समारोह र कार्यक्रमको उद्घाटन तथा मठ मन्दिर लगायत तिर्थाटन मै व्यतीत गरेको देखिन्छ। मधेशको प्रगति र विकासको लागि खासै ठाेस कदम नचालेको जनताको गुनासो रहेको छ ।

पार्टीभित्रको आन्तरिक विवाद, ठाेस नीतिगत निर्णय गर्न नसकेको, कहिले जम्बो मन्त्रीपरिषद् बनाउने त कहिले कटाैती गर्ने जस्तो अपरिपक्व निर्णयले वारम्वार विवादमा तानिएको जानकारहरु बताउँछन् । यद्यपि प्रधानमन्त्रीसंग मधेशको विकासको लागि भेटेरै पहल नगरेको भने होइनन् ।

मुख्यमन्त्री सिंहले एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई थप राज्यमन्त्री नियुक्त गरेका थिए, यसअघि नै उनको मन्त्रीमण्डलमा एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त भईसकेका थिए आज सबैजसो राज्यमन्त्री पदमुक्त भएका छन् ।

muluktimes #Madhesh #madheshpradesh #MadheshProvince #government #ministerdismiss #madheshsarkar #madheshcm #cmsatishsingh

Leave a Reply

Your email address will not be published. Required fields are marked *