मुलुक डेस्क, काठमाडौं । २०८१ साउन २८, सोमवार

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै “राष्ट्रिय युवा नीति” २०८१ भदौ महिनाभित्रै जारी हुने बताएका छन् ।

‘सिर्जना, क्षमता र साहसको श्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षा, दिक्षा, जलवायु लगायतका महत्वपूर्ण विधामा भएको रुपान्तरणलाई आत्मसाथ गरी नविनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौती थपिएको छ’, मन्त्री चौधरीले बताए । उनले दिगो विकासका लक्ष्य प्राप्तिका लागि माबोइल, उपकरण, डिजिटल प्लेटफर्महरु, आर्टिफिसियल इन्टलिजेन्स भएको विकासका महत्वपूर्ण साधन बनेको बताए । उनले समृद्ध नेपालका लागि युवा र प्रविधिको उत्तम प्रयोग गर्न सक्नुपर्ने बताए ।

‘समृद्ध नेपालका लागि युवा र प्रविधि उत्तम प्रयोग गर्न सक्नुपर्छ । स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक छ । नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक छ’, भन्ने भनाइ मन्त्री चौधरीको रहेको छ।

muluktimes #NationalYouthDay #nepaliyouth

Leave a Reply

Your email address will not be published. Required fields are marked *