मुलुक डेस्क, काठमाडौं । २०८१ साउन २३, बुधवार

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको उपाधि पुनः भारतले उचालेको छ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतले नेपाललाई ३-२ सेटले पराजित गर्दै लगातार उपाधि उचालेको हो।

लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल फाइनल खेलमामा भने अन्तिम सेटमा निराश बन्न पुगेकाे थियो। खेलको पहिलो सेटमा नेपालले अग्रता लिएको थियो।
नेपालले पहिलो सेटमा भारतलाई २५-२३ मा पराजित गरेको थियो। दोस्रो सेटमा भने भारतले सानदर पुनरागमन गर्दै नेपालमाथि २५-१४ को जित निकालेको थियो।
तेस्रो सेटमा नेपालले स्वाभाविक लयमा फर्किंदै भारतलाई २५-२२ ले पराजित गरेको थियो। तर, चौथो सेटमा आफ्नो जितको लय गुमाउँदै २१-१८ ले सेट भारतलाई सुम्पन बाध्य भयो।
र अन्तिम सेटमा भारत हाबी हुदै सुरुदेखि नै अग्रता लिदै अन्तिमसम्म १५-५ सेटले जित पार्न सफल रह्यो ।