मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १३, आइतवार

श्रीलंकाले पहिलोपटक महिला एशिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ । श्रीलंकाले सात पटकका विजेता भारतलाई हराउँदै विजेता बनेको हो ।
श्रीलंकाले फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० महिला एशिया कपको उपाधि जितेको हो । भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

श्रीलंकाका लागि हर्शिथा समाराविक्रमाले सर्बाधिक ६९ रन बनाएकी थिइन् भने कप्तान चामारी अट्टापट्टूले ६१ रन बनाएकी थिइन् । त्यस्तै कभिशा दिलहरिले अविजित ३० रन बनाएकी थिइन् । यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।