मुलुक डेस्क, काठमाडौं । २०८१ साउन ११, शुक्रवार

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र प्रतिनिधि सभा सांसद नागिना यादव नेतृत्वको प्रतिनिधिमण्डल बीच परराष्ट्र सम्बन्धि मुद्दामा गहन छलफल भएको छ ।

बंगलादेशमा जारी विद्यार्थी आन्दोलनको क्रममा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा र खाडी मुलुकमा कार्यरत कामदारको बिमा सम्बन्धि गहन छलफल भएको छ । छलफलको क्रममा सांसद यादवले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई सकुशल पुर्वक कसरी नेपाल फिर्ता ल्याउन सकिन्छ भन्ने विषयमा परराष्ट्रमन्त्रीले चाडै यसतर्फ पहल गर्ने बताए । यसैगरी खाडी मुलुकमा कार्यरत कामदारको बिमा त्यहाँ बसुन्जेलसम्मको लागि हुनुपर्नेमा नेपाल सरकारले परराष्ट्र मन्त्रालय मार्फत पहल गर्नुपर्नेमा सांसद यादवको जोड रहेको थियो ।

परराष्ट्रमन्त्री आरजुसंगको छलफलमा सांसद एवम् नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य नागिना यादव, मधेश प्रदेशका सदस्य नरेन्द्र यादव, महोत्तरीको मनरा शिसवा नगरपालिका मेयर मोहन पाण्डेय, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि रामदयाल यादव र नेपाल तरुण दलका केन्द्रिय सदस्य ई. रन्जित कुमार सिंह सहितको महोत्तरीको प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *