मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १०, बिहीवार

नेपालको पहिलो महिला मुख्य सचिवको रूपमा लिलादेवी गड्तौला नियुक्त भएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सचिव हुँदै उनले मुख्य सचिवसम्मको जिम्मेवारी पाएकी हुन् ।

तेह्रथुम जिल्लाको दुर्गम ठाउँमा जन्मिएको गड्तौला काठमाडौंकाे नेपाल ल क्याम्पसबाट आइ एल र बिएल अध्ययन गरेकी हुन् । यसैगरी काठमाडौँ स्कुल अफ लबाट एलएलएम गरिन् भने त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा एमएसम्मको उनले अध्ययन गरेकी छिन् ।

गड्तौलाले लोकसेवा परीक्षामा शाखा अधिकृतमा १ नम्बरमा नाम निकालेकी थिइन् । उपसचिव हुँदै सहसचिव भएको ७ वर्षपछि उनी सचिव भएकी थिइन् । आफू सकारात्मक सोचाई राख्दै काम गर्दै अहिले यो स्थानमा आउन सफल भएको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *