मुलुक डेक्स, जनकपुरधाम । २०८१ असार १७, सोमवार

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र क्रीएसन नेपालका प्रतिनिधिबिच मुख्यमन्त्री निवासमा मधेश केन्द्रित बहुआयामिक परियोजना संचालन गर्ने संबन्धमा छलफल भएको छ ।

मुख्यमन्त्री सिंहका अनुसार क्रीएसन नेपालले अगाडि सारेको परियोजनाहरु मधेश प्रदेशको लागि आवश्यक रहएको बताउँदै प्रदेश सरकारको तर्फबाट सहयोग हुने बताए । यसै क्रममा मधेश योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले क्रीएसन नेपालको परियोजना लाभदायक भएको र यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

जलवायु परिवर्तन, प्लास्टिकजन्य फोहोरमैला ब्यबस्थापन, पर्यटन बिस्तार, मधेश लगानी सम्मेलन लगायतका तत्काल परिणाम दिन सक्ने परियोजनाबारे बृहत छलफल भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

क्रीएसन नेपालको सचिव सुजाता कोइरालाको नेतृत्वमा आएको चार सदस्यीय टोलिले परियोजनाबारे बिस्तृत प्रस्तुतीकरण गरेको थियोे ।
छलफलमा क्रीएसन नेपालद्वारा संचालित ग्रीनशिप्ट परियोजनाका प्रमुख युनिश घिमिरे, क्याप परियोजनाका लिड उज्ज्वल उपाध्याय र मिडिया सल्लाहकार अनन्त अनुराग पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *