रोशन कुमार मिश्र, महोत्तरी । २०८१ असार १०, सोमवार

मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद विकास समितिले आयोजना गरेको मेयर कप टि-२० क्रिकेट २०८१ को प्रतियोगिता मार्फत उत्कृष्ट ३१ सदस्यीय मनरा शिसवा नगर टिम छनौट भएको छ ।

एक विशेष समारोहको बीच छनौट भएको उत्कृष्ट ३१ सदस्यीय खेलाडीको समुहलाई उपमेयर शकुन्तला देवीले गम्छा र टीका लगाएर सम्मान गरिन । यसै सम्मान समारोहलाई सम्बोधन गर्दै मेयर मोहन पाण्डेयले भविष्यमा पालिकाले महिला क्रिकेट लगायत अन्य खेलको पनि आयोजना गर्ने र छुट्टै खेल मैदानको निर्माण गर्ने पनि जनाए। कार्यक्रममा प्रत्येक वडाध्यक्षले पनि आआफ्नो खेलाडीको लागि केही न केहि सहयोग गर्ने प्रतिबद्धता पनि सम्बोधन मार्फत जाहेर गरे ।

छनौट भएको उत्कृष्ट ३१ सदस्यीय टाेलिलाई आवस्यक खेलकुद सामाग्री, खेल मैदान लगायतका सेवा र सुविधा नगरपालिकाले उपलब्ध गराउने खेलकुद समितिका अध्यक्ष अमोद कुमार सिंहले बताए । सम्मान कार्यक्रमको संचालन शिक्षाकर्मी एवम् सन्चारकर्मी संजीव सिंहले गरेका थिए ।

मनरा शिसवा नगरपालिका टिम:
वडा नं. १ (मनरा चौरिया):
रोहन कुमार सिंह, राजन कुमार पाण्डेय र राजु मण्डल
वडा नं. २ (इटहर्वाकट्टी भोलही):
राहुल प्रताप सिंह राजपुत, रवि सिंह राजपुत, सुभम सिंह, आशिक कुमार सिंह, रितेश यादव
वडा नं. ३ (सोनौल): महेश ठाकुर
वडा नं. ४ (साँढा जावख): अनवर नदाफ
वडा नं. ५ (कटैया):
अजय सहनी, दिपेन्द्र साह, रामकुमार सहनी, आदेश कुमार यादव, मनिष कापर
वडा नं. ६ (सरपल्लो):
जेम्स मंडल, विनेश सहनी, रमेश सहनी, परशुराम सहनी,
उमेश सहनी
वडा नं. ७ (सरपल्लो झिंगास्थान):
विनोद सहनी, आशुतोष सहनी, जयकुमार सहनी
वडा नं. ८ (सहसराम):
अभिषेक तिवारी, समशाद अन्सारी, रेहान अन्सारी, नेमत अन्सारी, मुबारक आलम अन्सारी
वडा नं. ९ (बथनाहा): पीयूष दुबे
वडा नं. १० (मधवा मरुवाही सकरी):
अमन राउत र मनोहर राउत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *