रोशन कुमार मिश्र, महोत्तरी । २०८१ असार ०८, शनिवार

मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद विकास समितिले आयोजना गरेको मेयर कप टि-२० क्रिकेट २०८१ को विजेता वडा नं. ६ सरपल्लो बनेको छ । असार ०८ गते शनिवार श्री दुर्गा मावि मनराको खेल मैदानमा फाइनल खेलसंगै समापन समारोह पनि सम्पन्न भएको छ ।

मेयर कप टि-२० क्रिकेट प्रतियोगिताको समापन समारोहको अध्यक्षता मनरा शिसवाका मेयर मोहन पाण्डेयले गरेका थिए र प्रमुख अतिथिको रुपमा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल रहेका थिए । समापन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पठाएको शुभकामना संदेश कार्यक्रमका संचालक शिक्षाकर्मी एवम् संचारकर्मी संजीव सिंहले पढेर सुनाएका थिए ।

मेयर कप टि-२० क्रिकेट प्रतियोगिताको उपाधी जितेसंगै वडा नं. ६ सरपल्लो टोलिले रु ३५ हजार पुरस्कार र शिल्ड जिते भने उपविजेता वडा नं. २ इटहर्वाकट्टी भोलहीले रु १५ हजार धनराशि र शिल्ड जित्न सफल रहयो । फाइनल खेलका “मैन अफ द मैच” जेम्स मण्डल घोषित भए । उनले ३ ओभरमा १८ रन दिदै ५ विकेट लिन सफल रहे । यसैगरी “प्लेयर अफ द टुर्नामेन्ट” को उपाधी रवि सिंह राजपुतले जिते । राजपुतले प्रतियोगिता अवधिभर २९४ रन र १४ विकेट लिन सफल भए । प्रतियोगिता अवधिभर कुल २३ खेल भएको थियो । जेष्ठ २६ गते उद्घाटन भएको प्रतियोगिताको समापन असार ०८ गते शनिवार भएको हो ।

समापन समारोहाको विशिष्ट अतिथिमा मधेश प्रदेशका माननीयद्वय सरोज सिंह कुशवाहा, रमिता प्रधान, उपमेयर शकुन्तला देवी, पुर्व मेयर संजय कुमार सिंह, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रजिअ उपेन्द्र न्यौपाने सहितको सहभागिता रहेको थियो । यसैगरी जनपद र सशस्त्रका प्रहरी उपरीक्षकद्वय नकुल पोखरेल र विनोद केसि, प्रमुख प्रशासकीय अधिकृत प्रमोद ठाकुर, नेपाली काङ्ग्रेस जिल्ला सभापति नागेश्वर यादव, नेकपा एमाले जिल्ला अध्यक्ष बलराम यादव, खेलकुद समिति अध्यक्ष अमोद कुमार सिंह, नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य ई. मनोज कुमार सिंह, नेपाल तरुण दलको केन्द्रिय सदस्य ई. रन्जित कुमार सिंह, सिजि ग्रुपका महाप्रबन्धक ई. राजीव सिंह राजपुत, समाजसेवी एवं उद्योगी सत्यवान सिंह, जलेश्वर उद्योग बाणिज्य संघका अध्यक्ष लवराजा सिंह, मुख्यमन्त्रीका स्वकीय सचिव रबिन सिंह र वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो।

प्रमुख अतिथि मन्त्री जयसवालले खेलकुदको क्षेत्रमा यथोचित बजेटको व्यवस्थापन गर्ने बताए साथै खेलकुदको समग्र विकास गर्न तत्पर रहेको, छुट्टै खेल मैदान बनाउने सहितको कार्य योजना रहेको मेयर पाण्डेले कार्यक्रम मार्फत बताए । पुर्वमन्त्री तथा वर्तमान प्रदेश सांसद सरोज सिंह कुशवाहाले विजेता र उपविजेता टाेलिलाई लाखौं रकम बराबरको खेल सामाग्री उपलब्ध गराउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *