रोशन कुमार मिश्र, महोत्तरी । २०८१ असार ०७, शुक्रवार

“आफु र समाजका लागि योग” भन्ने मुल नाराका साथ आज जुन २१ अर्थात १० औं अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनरा शिसवा नगरपालिका १ स्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा मनाइएको छ ।

योग दिवसको अवसरमा आज विहानैदेखी विद्यालयको प्राङ्गणमा प्रमुख अतिथिको रुपमा मनरा शिसवाका मेयर मोहन पाण्डेय, विद्यालयका प्रधानाध्यापक कुमोद कुमार सिंह, योग प्रशिक्षक राम सेवक मण्डल, शिक्षा संयोजक श्यामनन्दन सिंह, प्राध्यापक तथा पत्रकार संजीव सिंह, खेलकुद विकास समिती अध्यक्ष अमोद कुमार सिंह, प्रेस युनियन महोत्तरीका अध्यक्ष सन्तोष सिंह सहितको उपस्थिति रहेको थियो । यसका साथै सयौंको संख्यामा विद्यार्थी, नगरवासी, योग गुरु, प्रशिक्षार्थी लगायतको उपस्थिति पनि रहेको थियो ।

योगको इतिहास र महत्त्व:

योग धार्मिकविश्वास अनुसार भगवान शिवद्वारा अनुसरण् गरिएको पद्धति योग शब्दको सामान्य अर्थ सम्बन्ध वा जोड हो । विविध आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो। पुर्विय दर्शन र शास्त्रहरूमा आदिमकालदेखि नै योग शव्दको प्रयोग हुदै आएको छ। हिन्दू धर्मशास्त्रमा आत्मदर्शन र समाधीदेखि लिएर कर्मक्षेत्रसम्म योगको ब्यापक प्रयोग भएको छ।

महर्षि पतञ्जलीका सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । महर्षि पतञ्जलीका अनुसार योगश्चितवृत्तिनिरोध अर्थात् योगलेचित्तवृत्तिको निरोध गर्दछ । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो। हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उतपत्ति र लय भइरहेको हुन्छ ।योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ ।

योगको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृम, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग । केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन् संक्षपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ । श्रीमद्भगवतगीतामा मुख्य कर्मयोग, ज्ञानयोग र भक्तियोग गरि तीन प्रकारका योगलाई मानिसको जीवनमा उतारिएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *