रोशन कुमार मिश्र, महोत्तरी । २०८१ असार ०६, बिहीवार

ट्राफिक जनचेतनामूलक कार्यक्रम २०८१ ट्राफिक सप्ताह समुद्घाटन समारोह महोत्तरीमा सम्पन्न भएको छ । सडक अनुशासन पालना र सवारी दुर्घटना न्यूनीकरणका लागि यो कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ ।

मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालय र जिल्ला ट्राफिक कार्यालय महोत्तरीको आयोजनामा संचालित कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराको समन्वय र सहकार्य रहेको थियो।

ट्राफिक जनचेतनामूलक कार्यक्रम २०८१ ट्राफिक सप्ताह समुद्घाटन समारोहमा प्रमूख अतिथिको रुपमा जिल्ला समन्वय समितिको अध्यक्ष सुमन कुमार लाल कर्ण, विशिष्ट अतिथिको रुपमा प्रजिअ शिवराम गेलाल, मनरा शिसवा नगरपालिकाका मेयर मोहन पाण्डेय, एकडारा गाउँपालिकाको अध्यक्ष दिपनारायण मण्डल, जलेश्वर ट्राफिक प्रहरी कार्यालय प्रमूख रमेश कुमार श्रेष्ठ लगायतका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *