रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ ३१, बिहीवार

महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नं. ६ सरपल्लो स्वास्थ्य चौकीमा महिला प्रजनन स्वास्थ्य सम्बन्धि रोगको को निःशूल्क जाँच अपरेसन शिविर संचालन भएको छ ।
मनरा शिसवा नगरपालिकाको आयोजनामा र सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा यो शिविर संचालन भएको हो । यस शिविरमा बथनाहा र सरपलोको गरि करिव ५ सय जना महिलाको सहभागिता रहेको थियो । जसमध्ये १२ जना महिलालाई पाठेघरको समस्या, १७ जना महिलालाई संकास्पद क्यान्सर सहित विभिन्न किसिमको जटिल रोग रहेकाे देखियो ।

कार्यक्रममा मनरा शिसवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद ठाकुर, स्वास्थ्य संयोजक राम प्रताप मंडल, वडा अध्यक्ष रामबहादुर साह, स्वास्थ्य चौकी प्रमुख बलिराम ठाकुर, वरिष्ठ नर्स किरण कुमारी ठाकुर, प्रतिभा साह, महिला स्वास्थ्य स्वयं सेविका गोल्डी सिंह र प्रतिष्ठानका निर्देशक महादेव वानिया समेतको उपस्थिति रहेको थियो।