संजीव सिंह, मनरा । २०८१ जेष्ठ २७, आइतवार

मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद बिकास समितिले आयोजना गरेको मनरामा मेयर कप टि-२० क्रिकेट २०८१ को आज श्री दुर्गा माविको खेल मैदान मनरामा भएको दोस्रो खेलमा वडा नं. ५ कटैया विजयी भएको छ ।
मेयर कप टि-२० क्रिकेट प्रतियोगितामा आजकाे खेलमा वडा नं. ८ सहसरामलाई हराउँदै वडा नं. ५ कटैया विजयी भएको छ ।
आजको खेलमा वडा नं. ५ का अजय कुमार सहनीले १६ रन बनाएको थियो । यसैगरी वडा नं. ८ को तर्फबाट रामु सहनीले सर्वाधिक ५ विकेट लिएको थियो । उनी आजको खेलका “म्यान अफ द म्याच” घोषित भए । पहिले ब्याटिङ गर्न आएको कटैया टोलि १०.२ ओभरमा अलआउट हुँदै जम्मा ७८ रनको स्कोर बनाएको थियो ।

यसैगरी जवाफी ब्याटिङ गर्न आएका वडा नं. ८ सहसरामका खेलाडी १४.४ ओभरको खेलमा अलआउट हुदै जम्मा ७३ रन जोडन सफल रह्यो। ४ ओभरमा १९ रन दिएर ५ विकेत लिएका रामु सहनीलाई म्यान अफ द म्याचको ट्रफि नगर विकास समितिका सदस्यद्वय अभिषेक सिंह र कृष्ण चौधरीले प्रदान गरेको थियो।