रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ २६, शनिवार

मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद बिकास समितिले आयोजना गरेको मनरामा मेयर कप टि-२० क्रिकेट २०८१ को आज श्री दुर्गा माविको खेल मैदान मनरामा भएको उद्घाटन खेलमा वडा नं. २ ईटहर्वाकट्टी विजयी भएको छ ।

मेयर कप टि-२० क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा वडा नं. ९ बथनाहालाई ४ विकेटले हराउँदै वडा नं. २ ईटहर्वाकट्टी विजयी भएको छ । औपचारिक खेल कार्यक्रमको शुभारम्भ मेयर मोहन पाण्डेयले ब्याटिङ गरेभने समितिका अध्यक्ष अमोद कुमार सिंहले बलिङ गरेका थिए ।

आज भएको पहिलो र प्रचण्ड गर्मीको खेलमा वडा नं. २ ईटहर्वाकट्टीले टस् जित्दै पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गर्न आएको बथनाहा टोलि १२.५ ओभरमा अलआउट हुँदै जम्मा ७६ रनको स्कोर बनाएको थियो । बथनाहाको तर्फबाट आलोक रायले सर्वाधिक १९ रन बनाएको थियो । वडा नं. २ ईटहर्वाकट्टीकाे तर्फबाट खेलाडी राहुल प्रताप सिंहले ४ ओभर बलिङ गर्दै जम्मा १५ रन दिएर ३ विकेट लिन सफल भएका थिए ।
यसैगरी जवाफी ब्याटिङ गर्न आएका वडा नं. २ ईटहर्वाकट्टीका खेलाडीले विस्फोटक ब्याटिङ गर्दै ८.५ ओभरमा खेल जित्न सफल रहयो । आजको खेलमा “म्यान अफ द म्याच” वडा नं. २ ईटहर्वाकट्टीका अलराउण्डर खेलाडी राहुल प्रताप सिंहले प्राप्त गरेको थियो । ३ विकेट र सर्वाधिक ३० रन बनाउन सफल खेलाडीलाई विशिष्ट अतिथि नेपाली काङ्ग्रेसका नेता दिप्तान्शु प्रताप सिंहले ट्रफी प्रदान गरेको थियो ।