मुलुक डेस्क, काठमाडौं । २०८१ जेष्ठ २४, बिहीवार

जनमत पार्टीका तर्फबाट मधेश प्रदेशका सभासदस्य सतिसकुमार सिंहको नेतृत्वमा मधेश प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्ने भएको छ ।

नयाँ सरकार गठनका लागि मधेश प्रदेशमा बनेको सङ्घीय सत्ता गठबन्धनअनुरूपका राजनीतिक दलहरूले जनमत पार्टीको निर्णयका आधारमा सिंहलाई मुख्यमन्त्रीकाे रुपमा प्रस्तुत गर्ने जनमत पार्टीले जनाएकाे छ । अमेरिका भ्रमणमा रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश प्रदेश मुख्यमन्त्रीका लागि तर्फबाट सिंहलाई मुख्यमन्त्री बनाउने टुंगो लगाएका छन् ।

सिंह सप्तरी क्षेत्र नम्बर २ को १ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
मधेशमा जनमको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी केन्द्रले सहमति गरिसकेको छ । आजै सिंहलाई मुख्यमन्त्री बनाउन दलहरूले बहुमतसहित प्रदेश प्रमुखलाई दावी पेस गर्ने दलहरूको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *