रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ २३, बुधवार

एकडारामा गाउँपालिका स्तरीय आयोजना समापन गोष्ठी सम्पन्न भएको छ। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई धनुषा आयोजक रहेको यो गोष्ठीको अध्यक्षता एकडारा
गाउँपालिका अध्यक्ष दीप नारायण मण्डलले गरेका थिए ।

यस आयोजनाको लक्ष्य अन्तर्गत आयोजना सञ्चालित लक्षित क्षेत्रमा साना किसान समुदायहरूको जलवायु समाकुलनमा, कृषि/पशुपन्छी उत्पादनमा तथा पोषणमा सुधार आदि रहेकोे थियोे। यसको लक्षित वर्ग बाढी तथा भूकम्प पीडित, अति खाद्य असुरक्षित, विकासबाट पछि पारिएको उत्पीडित, भूमिहीन, सीमान्तीकृत तथा महिला घरमूली भएका परिवारहरू रहेका छन् ।

करिब ४० जनाको सहभागिता रहेको यो कार्यक्रम एकडारा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । यो कार्यक्रममा वल्ड बैंक, एफएओ, जिएएफएसपी आदी सहयोग गर्ने निकाय रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *