मुलुक डेस्क, महोत्तरी । २०८१ जेष्ठ २१, सोमवार

नेपाली काँग्रेसका नेता स्वर्गीय सुरेन्द्रप्रसाद सिंहको शालिक निर्माण हुने भएको छ । स्व. सिंहको जन्मथलो महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका २ कट्टीमा आज एक समारोहका बीच शालिक निर्माणको शिलान्यास गरिएको छ।

शालिक निर्माणको शिलान्यास स्व. सिंहको जेठाे सुपुत्र रंजितकुमार सिंहले गरेका थिए । रंजितकुमार पनि लामो समयदेखि काँग्रेसमा आवद्ध रहेका छन् र हाल नेपाल तरुण दलको केन्द्रिय सदस्री समेत हुन् । उक्त अवसरमा प्रमुख अतिथिको रुपमा मनरा शिसवा नगरपालिकाका मेयर मोहन पाण्डेय उपस्थित रहेका थिए । यसैगरी सो अवसरमा परिवारका सदस्य, वडाध्यक्ष लगायत पार्टीका नेता कार्यकर्ता र स्थानीयको सहभागिता रहेको थियोे ।

सुरेन्द्रप्रसादको जिवनी:
राजनीति शास्त्रमा स्नातक गरेका नेता सिंह विद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय रहदै आएका थिए । सार्थक परिवर्तनका संवाहक सिंहको स्वभाव सरल एवं व्यवहार अति नै मिलनसार थियो । राजनीतिक जीवनसंगै सामाजिक सुधार र सहयोगमा निरन्तर अग्रसर रहदै आएका सिंह युवा अवस्थामै नेपाली काँग्रेसबाट आफ्नो राजनीतिक सफरका शुरुवात गरेका थिए ।

नेपाली काँग्रेसको महोत्तरी जि.का.स.का पूर्व सचिब र पुर्व कर्यवाहक सभापति समेत रहेका सिंह नेपालको प्रथम संविधानसभा चुनावमा संबिधानसभा सदस्यका उम्मेदवार समेत रहेका थिए । नेता सिंह विगत ४० वर्षभन्दा बढी समय पार्टी र जनताकालागि होमिदै २०७७ कार्तिक २ गते यस संसारबाट सधैका लागि बिदा भए । काँग्रेस महाधिवेसन प्रतिनिधि र महासमिति सदस्य रहेका थिए। हृदयघातका कारण असमायिक मृत्युवरण गरेका नेता सिंहको एक श्रीमती र तीन सुपुत्र रहेको छ ।