मुलुक डेस्क, धनुषा । २०८१ जेष्ठ २०, आइतवार

पत्रकार सुजीतकुमार झाद्वारा मैथिलीमा लिखित ‘अन्हार घरमे डिबिआ’ शब्द-चित्रको लोकार्पण जनकपुरमा एक कार्यक्रम बीच शनिवार सम्पन्न भएको छ । पत्रकार झाको ‘अन्हार घरमे डिबिआ’ १६ औ कृति रहेको छ ।

राजा जनकको नगरी, माता सीताको घर, भगवान रामको ससुराली संगै वर्तमानमा मधेश प्रदेशको राजधानी तथा मिथिला र मैथिलीको धरोहर जनकपुर आफैमा प्राचीन इतिहास समेटेको ठाउँ हो । यही ठाउँको वर्तमान ख्यातिप्राप्त र सफलताले भरिएको गरिमामय २७ जना व्यक्तित्वको संक्षिप्त जीवनीलाई पुस्तक मार्फत प्रस्तुत गरिएको छ ।

प्रमुख अतिथिको हैसियतबाट मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले उक्त पुस्तकको लोकार्पण गरेका थिए। सभामुखले आफ्नो सम्बोधन मार्फत “पठन संस्कृतिको विकासका लागि निरन्तर लेखन र पुस्तक प्रकाशन आवश्यक रहेको तथा पुस्तक प्रकाशनमा सहयोगका लागि प्रदेश सरकार र स्थानीय सरकारले नयाँ निति ल्याउनुपर्ने देखिन्छ।” भनेर व्यक्त गरेका थिए ।

‘अन्हार घरमे डिबिआ’ पत्रकार झाको १६ औ कृतिको रुपमा रहेको छ । यसअघि मैथिली भाषामा उहाँको चिड़ै कथा संग्रह, रिपोटर डायरी, जिद्दी कथा संग्रह, गन्ध कथा संग्रह, कोइली घूरि आउ बालकथा संग्रह, खजुरीबाली कथा संग्रह, बुलबुल कथा संग्रह, तितलीसंग दोस लगाएब बालकथा संग्रह, सीताराम विवाहपर अनुसन्धान एवं विश्लेषण पुस्तक ‘पुनि पुनि होत विवाह’ प्रकाशित रहेको छ । ६ वटा नेपाली पुस्तकलाई झाले मैथिलीम अनुवाद पनि गरेका छन् ।

पुस्तक लोकार्पण समारोहमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, मैथिलीका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लाल, तमलोपका राष्ट्रिय अध्यक्ष वृषेशचन्द्र लाल, वरिष्ठ चिकित्सक एवं तमलोपाका वरिष्ठ नेता डा. विजय कुमार सिंह, राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजिव झा, साहित्यकार एवं समालोचक रोशन जनकपुरी, मनरा शिसवाका मेयर मोहन पाण्डेय, सामाजिक कार्यकर्ता प्रमोद चौधरी, व्यापारी नेता पवनकुमार ठाकुर, प्रधानाध्यापक पवनकुमार मण्डलको उपस्थिति रहेको थियो।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो समारोहमा पुस्तकका लेखक सुजीतकुमार झा, समीक्षकका रुपमा रहेका मनोज साह, अनुज मिश्र, विभा ठाकुर, योगगुरु मनोहर साह, समाजिक कार्यकर्ता कृष्ण दीक्षित, गायक एवं संगीतकार सुनिल मल्लिक, पत्रकार एवं प्राध्यापक श्यामसुन्दर शशि, पत्रकार जयन्त ठाकुर सहितकाे उपस्थिति रहेकोे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *