मुलुक डेस्क, महोत्तरी । २०८१ जेष्ठ १२, शनिवार

महोत्तरीको जलेश्वरमा रहेको उद्योग बाणिज्य संघको सभाकक्षमा राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध मधेश ब्यूरोको आयोजनामा र अबधेश साहको अध्यक्षतामा सम्वादात्मक कार्यक्रम सम्पन्न भएको छ।
रामगोपाल चौधरीद्वारा उदघोषन गरिएको कार्यक्रममा रमन पाण्डेले स्वागत मन्तव्य व्यक्त दिएका थिए। कार्यक्रममा राजीव झाले विषय वस्तुको बारेमा विस्तृत जानकारी दिदै उदारवाद र मार्क्सवाद दुनियाबाट असफल भैसकेकोले बहुलराष्ट्र राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेको बताए।
कार्यक्रममा समाजका अगुवा , बुद्धिजीवी,पत्रकार, प्राध्यापक , अधिवक्ता , शिक्षक, प्रबुद्ध वर्गको उपस्थिति रहेको थियो । कार्यक्रममा पुर्व मन्त्री राम नरेश यादव मधेशीले जनजाति मिल्नुको बिकल्प नरहेको र बिगतमा मधेश आन्दोलन,जनजाति आन्दोलन, थरुहट आन्दोलन पहिचानको आन्दोलन छुट्टाछुट्टै लडेकोले आन्दोलन सफल नभएको जिकिर गरे । कार्यक्रममा अभियानी राम सिकिल चौधरीले मौलिक विचारको आधारमा समाज व्यवस्था गर्ने प्रयासको सराहना गरे। कार्यक्रममा संजय सिंह, संजय चौधरी,धनुषा जिल्लाको पुर्ब जिसस उपप्रमुख दिपक झा, निरुता मोक्तान, जिगमेला बम्जन लगायतका वक्ताहरुले महत्त्वपूर्ण सल्लाह , सुझाव र जिज्ञासा राखेका थिए।
राष्ट्रिय मुक्ति क्रान्तिका अभियानी कृष्ण कुमार साह, धनेश्वर ठाकुर, राजेन्द्र पाण्डे, ओम प्रकाश यादव, हरि साह, महेन्द्र मंडल, बजरंगी प्रसाद साह, सुनिल लाल कर्ण, डा. बिनोद मिश्रा लगायतका व्यक्तिहरुको विशेष उपस्थिति रहेको थियो ।