रमेश लुइँटेल, काठमाडौं । २०८१ जेष्ठ ११, शुक्रवार

नेपाल चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा आज बाट सातदोबाटो स्थित कराते महासंघको एकेडेमीमा प्रथम सिएचआइटिफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिता २०२४ सुरु भएको छ ।

प्रतियोगिता कार्यक्रमको उद्घाटन पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले गरेका छन् । खेलमा ८५ स्वर्ण, ८५ कास्य ८५ र र ११६ रजत पदककाे लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

प्रथम दृतीय र तृतीय टिम लाइ १/१ वटा ट्रफी प्रदान गरिने छ खेल ३ दिनसम्म चल्नेछ । खेलमा विभिन्न देशका खेलाडीको प्रतिस्पर्धा रहने छ। नेपाल सिएचआइटिएफ तेक्वान्दो खेललाई सहरमुखी मात्रै नभइ स्थानीय निकाय, ग्रामीण भेगको गाउँ बस्तिमा पुगि नेपाल् सिएचआइटिएफ तेक्वान्दो खेलको प्रशिक्षण र प्रतियोगितालाई निरन्तरता दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *