मुलुक डेस्क, काठमाडौं । २०८१ जेष्ठ ०९, बुधवार

सिरहाको लहान स्थित मारवाडी सेवा सदनको सभाकक्षमा दोरिक चौधरीको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्तिको सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, संचारकर्मी, इन्जिनियर, डाक्टर, शिक्षक लगायतका प्रबुद्ध वर्गसँग अन्तर्कृया गरिएको छ। दसमी लाल चौधरीद्वारा संचालन गरिएको उक्त कार्यक्रममा सि.एन. थारुले विषय प्रवेश गरेका थिए। कार्यक्रममा बुद्धछिरिङ मोक्तानले कि नोट स्पीच दिएका थिए । सहभागीहरुले विभिन्न खाले प्रश्नहरु गरेका थिए र राष्ट्रिय मुक्ति क्रान्तिको लागि सुझाव र शुभकामना पनि दिए।

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका अभियानी पुर्व मन्त्री तथा संविधानसभा सदस्य राम नरेश राय यादव, केशव झा, कौशल सिंह, राजिव झा, अनिल महासेठ, अनिल सिंह, धनिराम महतो लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *