मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख ०५, बुधवार

जनकपुरको गोगल माविमा कृषि विकास बैंक र भर्सटाइल मिडियाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।भर्सटाइल मिडिया टेक्नोलोजी एण्ड मल्टी सप्लायर्स प्रालिको आयोजना तथा कृषि विकास बैंक लिमिटेडको सौजन्यमा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम जनकपुरस्थित श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

कार्यक्रममा कृषि विकास बैंक लिमिटेड प्रदेश शाखाका निमित्त निर्देशक जयराम शर्माले विद्यार्थीहरूमा वित्तीय साक्षरता सम्बन्धी सूचना, जानकारी र सावधानी अपनाउनका लागि गरिएको कार्यक्रम सान्दर्भिक रहेको धारणा राख्दै २ घण्टाको कक्षा सञ्चालन गरेका थिए । आइटी विज्ञ लिलाराम सापकोटाले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमले विद्यार्थीलाई जानकारी दिने मात्रै होइन की कारोबार गर्दा कसरी सुरक्षित हुन सकिन्छ ? कस्ता–कस्ता सावधानी अपनाउनुपर्छ ? वित्तीय अपराध मौलाइरहेकोले कसरी सुरक्षित कारोबार गर्नुपर्छ ? भनेर विद्यार्थीका लागी अभ्यास कक्षा सञ्चालन गरेका थिए ।

कार्यक्रममा भर्सटाइल मिडिया टेक्नोलोजी एण्ड मल्टी सप्लायर्सका प्रमुख कार्यकारी निर्देशक कल्पना शर्माले गोगल प्रसाद नमुना माध्यमिक विद्यालय परिवारलाई धन्यवाद दिँदै विद्यार्थीका लागी वित्तीय साक्षरता कार्यक्रमले विद्यार्थीलाई वित्त व्यवस्थापनमा सहयोग मिल्ने धारणा राख्दै विद्यालय, विद्यार्थी, कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। उक्त कार्यक्रममा ४० जना विद्यार्थीको सहभागिता रहेको थियो ।