मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २३, शुक्रवार

नेपाल राष्ट्रिय शिक्षक संठन ललितपुरले ललितपुरकाे महालक्ष्मी ९ स्थित देउरालि रिसाेर्टमा गत १० – ११ गत्ते साङ्गठानिक सुदृढीकरण तथा शैक्षिक सुधार अभिमुखिकरण कार्यशाला सम्पन्न भएकाे छ।
नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर जिल्लाका अध्यक्ष देविप्रसाद दुलालकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा राष्ट्रिय अध्यक्ष बिष्णु प्रसाद भण्डारी प्रमुख अतिथिका रुपमा थिए भने पूर्व अध्यक्ष तथा नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष एवम् प्रमुख सल्लाहकार बाबुराम थापा रहेका थिए।
नेकपा एमाले सम्वद्ध शिक्षकहरुकाे जिल्लास्तरीय शैक्षिक सुदृढीकरण कार्यक्रममा रक्सिका बाेतलहरुले समेत सुदृढीकरणका मज्जा लिईरहेकाे भिडियाेसहितको सूचना कार्यक्रममा सहभागी शिक्षकहरूकै पाेष्टबाट प्राप्त भएको छ ।
लाखाैँ खर्चेर आयाेजित जिल्लाभरका शिक्षकहरुमा क्षमता वृद्धि र शिक्षामा सुदृढीकरणकाे लागि भनिए तापनि मादक पदार्थको मस्ती बाहेक नयाँ केही सुदृढी नभएकाे बुझिएकाे छ । याे केवल मनाेरञ्जन, घुमघाम र पिकनिकभन्दा फरक कार्यक्रम देखिएन ।
भविष्यका कर्णधारका आधार शिक्षक नै अनैतिक कर्ममा रहनु देशकाे भ्रष्ट राजनीतिकै उपज हाे । साँझकाे रक्सी पार्टीमा बियरका बाेतल र बियर भरिएका कप स्पष्ट देख्न सकिन्छ । नाचगानका गीत उस्तै माया पिरति, उच्छृंखल खालकाे रहेकाे प्राप्त भिडियो क्लिफबाट बुझिन्छ। जनताको करमा सरकारी राम्रो तलबभत्ता बुझेर खुलेआम राजनीतिक पार्टीको झाेला बाेक्नु र राजनीति गर्नु पदीय मर्यादा, आचरण र शिक्षक आचारसंहिता वीपरित कार्य हाे । याे शिक्षक संगठनमा विद्यार्थी, विद्यालय,अभिभावककाे भविष्यका बारेमा कुनै चासाे र चिन्ता रहेको देखिँदैन । यस्तो हर्कत गर्ने सम्पूर्ण शिक्षक संगठन र जिल्ला ललितपुरकाे नेतृत्वलाई निलम्बन, कारबाही र जिम्मेवारीबाट तत्कालै मुक्त गरिनुपर्छ । यस्ता गैरजिम्मेवारी क्रियाकलाप गर्ने जाे कसैलाई तत्कालै कडा कारबाहीको लागि सम्बन्धित निकायकाे ध्यान जानुपर्ने आवस्यक देखिन्छ।