मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २२, बिहिवार

गीतकार तारा अधिकारीको नयाँ गीत “जे पायो त्यही” को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार अधिकारीको रचना रहेको गीतमा लेखु सहयात्रीको संगीतमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ ।


म्युजिक भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र बिजय अधिकारी (कार्टुन क्रु) को अभिनय रहेको छ । सान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ भने कोरियोग्राफी राजिव समरको रहेको छ ।

गीतलाई सुनौलो ताराले बजारमा ल्याएको हो । गीतकार अधिकारीका दर्जनौ लोकप्रिय गीतहरु बजारमा आइसकेका छन् । उनले राष्ट्रिय अवार्डहरु पनि पाउन सफल भएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *