मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र १०, शनिवार

राष्ट्रिय नागरिक आन्दोलन एवम् राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” र पुर्व राजा ज्ञानेन्द्रबीच नेपालको वर्तमान राजनीतिक अवस्था र राजावादी आन्दोलनको विषयमा गम्भीर कुराकानी भएको छ ।
पुर्वराजा ज्ञानेन्द्रको निजि निवास निर्मल निवासमा भएको लामो कुराकानीमा विविध विषयहरु माथि एकदमै गम्भीर एवं सुक्ष्म छलफल भएको डा. मनोजले जानकारी गराए।
उनले चिन्ता, चासो, विमर्शको निरन्तरता भन्दै मौसुफको विश्वासका लागि हृदयदेखि धन्यवाद र कृतज्ञता ब्यक्त गरेका छन् । मुक्ति पथ, कर्तव्य-पथमा हिडिरहदा आवश्यकता अनुसार समयले मागेको हिसाबले बाटो परिवर्तन हुनसक्ला, गर्नैपर्ने हुनसक्छ तर लक्ष्य परिवर्तन असम्भव छ ।
नयाँ वर्ष २०८१ को स्वागत गर्दै गर्दा टुहुरा बनाइएका नेपाल र नेपालीले अभिभावक पाउने विश्वास र भरोसाका लागि पुनः पुनः धन्यवाद दिदै राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियान तथा सम्पूर्ण देशभक्त राष्ट्रवादी नेपाली मन र जनहरुको तर्फबाट ज्ञानेन्द्रलाई नेपाल सम्हालेको हेर्न चाहने रहर रहेको बताए ।