संजीव सिंह, काठमाडौं । २०८० चैत्र ०५, सोमवार

राजपुत समाज नेपाल केन्द्रिय कार्यालय काठमाडौले मिति चैत्र ०३ गते शनिवार काठमाडौको राष्ट्रिय शहिद तथा शान्ति पार्क, गोकर्णेश्वर जगडोलमा वार्षिक सामुहिक वनभोज कार्यक्रमकाे सफल आयोजना गरेको छ ।

आपसी मेलमिलाप र एक अर्कामा सौहार्दपुर्ण वातावरणमा परिचित हुने अवसरका साथै समाजप्रतिको लगाव , सद्भाव र सहयोगको भावनालाई जिवन्त राख्न राजपुत समाज नेपालले विगतको वर्षदेखि वार्षिक रुपमा गर्दै आएको छ ।शिक्षा, स्वास्थ्य र रोजगारसंगै उद्यम ब्यवसाय एवम् वैवाहिक सम्बन्ध तथा संस्कृति जगेर्णा गर्न र आफ्नो पहिचान परिस्कृत गर्न समाज तत्पर रहेको छ । आपसी सदभाव, समन्यवन र सम्वादको निरन्तर चलि राख्ने कार्यक्रममध्येको ऐतिहासिक “वनभोज कार्यक्रम २०८०” सम्पन्न भएको छ ।

राजपुत समाज नेपालले सामुहिकरुपमा पारिवारिक मिलाप र मिठासको महोत्सवलाई आत्मसात गर्दै राजधानीमा बनभोज कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ ।गीत संगीत र मनोरञ्जनात्मक खेल संगै स्वादिष्ट खानपिनको साथ समाजले आयोजना गरेको वनभोज कार्यक्रम २०८० निकै उत्साहपुर्वक सम्पन्न भएको हो। कार्यक्रममा करिब दुइ सय (२००) जनाको बृहत भेला भएको जानकारी समाजका अध्यक्ष विजयकुमार सिंहले बताए । सयौंको संख्यामा उपस्थिति जनसमुदायले परिवर्तन र स्विकारोक्तीको सन्देश दिएकोमा समाजका सदस्यहरु प्रति अध्यक्ष सिंहले आभार प्रकट गरे ।

कार्यक्रममा रमाइलो नाचगान, खानपान र मनोरञ्नका साथै सम्वादको शृङ्खला अन्तर्गत एकआपसमा परिचय पनि आदानप्रदान भएको जानकारी महासचिव संजीव सिंहले बताए । महासचिव सिंहका अनुसार राजपुत समाज नेपालले आफ्नो शाखा विस्तारसंगै आफ्नै जग्गा र भवन निर्माण कार्य चाँडै गर्ने गरि कार्य गरेको जनाए । यसकासाथै नयाँ वर्ष २०८१ सालको क्यालेन्डर पनि समाजले छिट्टै सार्वजनिक गर्ने पनि बताए ।

वनभोज कार्यक्रममा मधेशी आयोगका सदस्य माननीय आभासेतु सिंह, पुर्व डिआइजी नरेन्द्र कुमार सिंह, पुर्व एसएसपी मुकेश कुमार सिंह, वरिष्ठ अधिवक्ता तथा सल्लाहकार विजय कुमार सिंह, जय कुमार सिंह, सर्लाही शाखाका अध्यक्ष सन्तोष कुमार सिंह, उपाध्यक्ष प्रभात सिंह, वरिष्ठ कार्डियाेलाेजिस्ट डा. सतिस सिंह, डा. सुनिल कुमार सिंह, प्रोफेसर डा. राजकिशोर सिंह (आर के सिंह), प्रोफेसर अमरेश सिंह, ई. राम सिंह, हुलासका वरिष्ठ प्रबन्धक अशोक कुमार सिंह, नेपाली सेनाका अधिकृत डा. संजीव कुमार सिंह, ज्ञानेन्द्र कुमार सिंह, शंकर सिंह, हरिसुन्दर सिंह, लालबाबु सिंह लगायत बच्चा, महिला एवम् आगन्तुकहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा आफ्नो शुभेच्छा र सहभागीता जनाउनेमा सबिता सिंह, सोनम सिंह, सुधा सिंह, डा. शिवानी सिंह, रिना सिंह, मेनका सिंह, प्रियंका सिंह, रेनु सिंह, सुनिता सिंह, पल्लवी सिंह, पुजा सिंह, मेघा सिंह, रितु सिंह, सीमा सिंह, ज्योति सिंह, विजेता सिंह, मानसी सिंह, अवन्तिका सिंह, अनामिका सिंह, डिके सिंह, ग्रीसनन्दन सिंह, धनन्जय कुमार सिंह, टुनटुन प्रसाद सिंह, सुनिल कुमार सिंह, कुनाल सिंह, सितान्शु सिंह, रोशन सिंह, डा. अन्कित सिंह, अन्कितमान सिंह सहित समाजकाअनेकौं हस्ती रहेका थिए ।

राजपुत समाज नेपालले आयोजना गरेको वनभोज कार्यक्रमलाई सफल बनाउन समाजका सचिव ध्रुबकुमार सिंह, कोषाध्यक्ष राकेशकुमार सिंह, कार्यसमिति सदस्य शिवचन्द्र सिंह, कार्यक्रम संयोजक अमितकुमार सिंह, सुशील कुमार सिंह लगायतको महत्त्वपूर्ण भुमिका रहेको थियोे ।




(सिंह राजपुत समाज नेपालका महासचिव हुन् ।)