मुलुक डेस्क, काठमाडौं । २०८० फाल्गुन १६, बुधवार

सहयात्राको ९ औं साधारणसभा ललितपुरस्थित युनिटीको सभाहलमा सम्पन्न भएको छ ।
शिक्षा, पत्रकारिता, कला, अनुसन्धान, सोसल अडिट लगायतका क्षेत्रमा कार्य गर्दै आएको सहयात्राले सामाजिक सद्भाव र सहयोगको कार्य पनि गर्दै आएको जानकारी संस्थाका अध्यक्ष बालमुकुन्द आचार्यले बताए । यसैगरी कोषाध्यक्षले लेखाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव अजय देसारले वार्षिक कार्यक्रमको रुपरेखा प्रस्तुत गरेका थिए ।
कार्यक्रम संचालन सचिव प्रशान्त चौधरीले गरेका थिए भने उक्त साधारणसभामा पदाधिकारी सहित सदस्यहरुको पनि उपस्थिति रहेको थियोे ।