रोशन कुमार मिश्र, महोत्तरी । २०८० फाल्गुन १०, बुधबार

“प्रतिलिपी अधिकार सम्बन्धि कानुन कार्यन्वयनको अवस्था र सुधारका क्षेत्रहरू तथा स्रष्टाले प्राप्त गर्ने रोयल्टी” विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम महोत्तरीको जलेश्वरमा संचालन भएको छ ।
प्रतिलिपी अधिकार र यसको विविध पक्षहरको बारेमा पुण्य माया गुरागाईले कार्यपत्र प्रस्तुत गरेकी हुन् । गुरागाई नेपाल प्रतिलिपी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार हुन् । कार्यक्रममा महोत्तरीको सिडिओ, एसपी, बुद्धिजीवी, नागरिक अगुवा, लेखक लगायतको सहभागिता रहेको थियो ।