मुलुक डेस्क, काठमाडौं । २०८० माघ २८, आइतवार

महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ४ हलखोरीका वडा अध्यक्ष जिबछ प्रसाद यादव फरार भएका छन् । महोत्तरी जिल्ला अदालतबाट मिति २०८० माघ २५ गतेको पक्राउ पूर्जी जारी भएसंगै वडा अध्यक्ष यादव फरार रहेका छन् ।

कर्तब्य ज्यान, कर्तब्य ज्यानमार्ने उद्योग, कुटपिट अंगभंग मुद्दामा सर्वोच्चको फैसला अनुसार प्रतिवादी रहेका यादव फरार रहेका छन्। यादवसहित आठजनालाई प्रतिवादी बनाइएको छ । सबैजना प्रतिवादी एकडारा गाउँपालिका वडा नं. ४ हलखोरीका रहेका छन्। प्रतिवादीहरु माथि ६ महिनाको कैद लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *