रोशन कुमार मिश्र, महोत्तरी । २००८० माघ २७, शनिवार

एकडारा गाउँपालिकाको सहयोगमा र समग्र विकास केन्द्र महोत्तरीको आयोजनामा एकडारामा युवाहरुका लागि तीन दिने आधारभुत पत्रकारिताको दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ।

माघ २६ गते शुक्रवारदेखि २८ गते आइतवारसम्म तालिम अवधि रहेको कार्यक्रममा स्थानीय दुई दर्जन प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । कार्यक्रमकाे दोस्रो दिन आज शनिवार तीन चरणमा पत्रकारिताको आधारभुत तालिम दिइएको थियो । पत्रकारिताको पहिचान, पत्रकारको परिभाषा, पित पत्रकारिता, अन्तर्वार्ताको स्वरुप, पित पत्रकारिता र पत्रकार आचार संहिता लगायतका विविध विषयमाथि प्रकाश पारिएको जानकारी सहजकर्ता कल्पना शर्माले बताइन् ।

एकडारा स्वास्थ्य चौकीको सभाहलमा सम्पन्न आजको कार्यक्रममा प्रशिक्षार्थीले अन्तर्वार्ताको डेमो सहित समाचार लेखन र प्रस्तुति दिएको जानकारी सहभागिमध्येका एक सुधा कुमारीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *